You are viewing the translated version of इन्भेष्टमेन्ट कम्पनी वा इक्विटि फण्डले गर्ने काम कारबाही सम्बन्धी थप व्यवस्था.

Section 15
इन्भेष्टमेन्ट कम्पनी वा इक्विटि फण्डले गर्ने काम कारबाही सम्बन्धी थप व्यवस्था
_ इन्भेष्टमेन्ट कम्पनी वा इक्विटि फण्ड वा यस्तै कार्य गर्ने सूचक संस्थाले त्यस्तो संस्थामा पुँजी वा अन्य लगानी गर्ने र त्यस्तो संस्थाबाट कर्जा वा कुनै प्रकारको लगानी लिने कम्पनी वां संस्थामा उच्च पदस्थ व्यक्ति वा निजसँग सम्बद्ध व्यक्तिको उल्लेख्य स्वामित्व रहे वा नरहेको वा त्यस्तो व्यक्ति वास्तविक धनीको रूपमा रहे वा नरहेको विषय समावेश गरी जोखिम मूल्याङ्कन तथा व्यवस्थापन गर्नु पर्नेछ।